[caption id="attachment_93910" align="alignnone" width="800"] google[/caption]

काठमाडौं/ नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो ।

यसअघि बढ्दै गएको डलरको भाउ गएको शनिबार भने ८ पैसा घटेको थियो । त्यसयता फेरि पनि डलरको भाउ बढ्दै गएको हो । डलर महँगो हुँदा अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्रीहरु बताउँछन् । बस्तु आयातमा निर्भर नेपालको जस्तो अर्थतन्त्रमा डलरको भाउ बढ्दा मूल्यवृद्धि हुन्छ ।

भारतसँगको स्थीर विनियम दरका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो ।