धरान / धरान प्रज्ञा प्रतिष्ठानले आइतबार धरानमा ‘बहुभाषिक कविता गोष्ठी’ कार्यक्रम गरेको छ ।

धरानमा सूचिकृत जातिमध्ये ८ वटा जातिको गोष्ठी गरिएको हो । जसमा ५ वटा कवितालाई उत्कृष्ट घोषित गरिएको छ । गोष्ठीमा १९ वटा कविता वाचन गरिएको थियो । जसमध्ये हेनसेन याख्खा विजेता बन्दा सुसा केदेम दोस्रो, पुनम शेर्पा तेस्रो बनेकी थिइन् । धनेन्द्र जवेगू चौथो र चोङहाङ राई पाँचौ बने । उनीहरूले जनही नगद ५–५ हजार रूपैयाँसहित प्रमाण–पत्र पाए ।  उनीहरूले नेपाली र मातृ भाषामा कविता सुनाएका थिए । गोष्ठीमा वान्तवा, नेवारी, याख्खा, खस नेपाली, सुनुवार, मेवाहाङ, तामाङ, शेर्पा जातिको कविता सुनाइएको प्रतिष्ठानका सदस्य सचिब गोपाल देवानले जानकारी दिए ।  मातृभाषालाई संरक्षण गर्ने उद्देश्यले गोष्ठी गरिएको जनाइएको छ । कार्यक्रममा निर्णायमध्ये कवि वम देवानले भाषा र साहित्य फरक–फरक विषय भएकाले दुई बीचमा प्रतिस्पर्धा हुन नसक्ने बताए ।