काठमाडौ/इविजा लाउञ्ज एण्ड बार काठमाडौंले शनिबार ‘इविजा फेसन नाइट–२०१८’ का कारण ठमेल फेसनमय बन्यो । ‘हिउँको घाम’ शीर्षक दिइएको फेशन नाइटमा चारजना फेसन डिजाइनरले तयार पारेका आर्कषक परिहनमा मोडलहरूले ¥याम्प गरे । डिजाइनर अलिसा श्रेष्ठ, पुजा ढकाल, समीक्षा मानन्धर, सुचिना श्रेष्ठ र ¥याम्प फेसन स्टोरले तयार पारेका उत्कृष्ट डिजाइनका कपडामा १६ मोडल प्रस्तुत भए । अभिनेत्री स्वस्तिमा खड्का, मोडल सविता कार्की ‘शो टपर’ रहेका थिए ।

सदीक्षा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै मोडलहरूलाई हौसला प्रदान गरिन् । ४ पुरुष मोडल र १२ महिला मोडलले विभिन्न गाउनमा क्याटवक गरे । नेपाली मोडलिङ क्षेत्रलाई उचाइ प्रदान गर्न फेशन नाइट गरिएको इविजा लाउञ्जका कार्यकारी निर्देशक राजु दनइले बताए ।