इटहरी । मिन्टुको भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्टु मिन्टु लण्डनमा फिल्म रोमाञ्चक भएको बताएकी छिन । छुट्टै परिवेशका इन्टु र मिन्टु कुनै साथीमार्फत भेट भएपछि अचानकको प्रेममा परेपछि फिल्मले नेपालीहरुको मन छुने बताईन । फिल्म हेर्ने हलमा छिर्दा मोवाईल हेर्नु पदैन उनले भनिन् ।

इटहरीमा फिल्मको टिमले पत्रकार सम्मेलन गदै यही असोज ५ गतेबाट देशै भर प्रर्दशनमा आउँने बताएका छन । अभिमन्यू दीक्षित र रेनेशा स्वयंले पटकथा तयार पारेको फिल्ममा संस्कृति र प्रेमबीचको मानसिक द्वन्द्वलाई पस्कने प्रयास गरिएको छ । यसै फिल्मबाट रेनेशा वान्तवा राईले निर्देशनमा हात हालेकी हुन् भने नायकमा धीरज मगरले पनि डेब्यु हो । धिरजले फिल्म रमाईलो भएको कारण एक पटक हेर्ने आग्रह गरे ।

फिल्ममा मिन्टु बेलायतका लागि नेपाली राजदूतकी छोरी हुन्छे जो लन्डनमा नर्सिङ गरिरहेकी हुन्छे । मिन्टु पनि लन्डनमै हुर्के, बढेको नेपाली ठिटो हुन्छ । जसमा धीरज अभिनय गरेका छन । प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह निर्माता रहेका छन्। फिल्ममा सम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा शाह, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ।

त्यस्तै सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतको स्वर यस फिल्मका गीतमा सुन्न सकिन्छ।