यही आउँदो भाद्र २४ गते बीपी कोइरालाको १०५ औं जन्म जयन्ति आउँदैछ । त्यसदिन प्रजातन्त्रका पक्षधरहरूले विभिन्न कार्यक्रम गरी बीपीलाई सम्झनेछन् र त्यसदिन बीपीप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरिन्छ ।  मूलतः बीपीका दुईटा पाटा छन्– (१) राजनीतिक व्यक्तित्वको प्रखर परुष वा दार्शनिकको रूपमा पनि बीपीलाई प्रस्तुत गर्दा न्यायपूर्ण हुन्छ । अर्को पाटो साहित्यिक अथवा साहित्यकार अझ प्रष्ट भन्ने हो भने मनोवैज्ञानिक पक्षलाई सहजै मनन् गर्न सकिन्छ । तर यो पंक्तिकार यहाँ साहित्यिक चर्चा गर्न गइरहेको छैन । यो मेरो बुबाको विषय पनि होइन । म बीपीलाई उहाँको विभिन्न व्यक्तित्वप्रति टिप्पणी मात्र गर्ने चेष्टा गर्दैछु । विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ सालमा, जहानियाँ शासनका प्रबल हिमायती अत्यन्तै सशङ्कित कठोर मनोभाव भएका चन्द्र शमशेर राणाको पालामा एउटा ब्राह्मण परिवारमा भएको थियो । बीपीमा कहिल्यै पनि ब्राह्मण परिवारको छोरो हुँ भन्ने प्रवृत्ति रहेन । तर बीपी छुट्टै विशेष गुणले भरिएका व्यक्ति थिए । जब बाल्यकालबाट उँभो लाग्दै थिए । जातीय सङ्कीर्णताबाट मुक्त भैसकेका थिए ।

बीपीको शिक्षा दीक्षा भारतको वनारसमा भएको थियो । पन्ध्रवर्षको कलिलो उमेरमा भारतमा जेल परेका बीपी भारतीय स्वतन्त्रको अवधिमा ६–७ पल्ट जेलजीवन भोगिसकेका थिए । यो जेलजीवनमा भारतका धेरैखाले व्यक्तिहरूसँग सम्पर्क भयो । बीपीले जातजाति, सम्प्रदाय, महिला, पुरुषबीचका भेदभाव तात्कालीन समयमा जातजाति, वर्ग, वर्ण उच–नीचजस्ता कुराले प्रभाव पार्न सकेन । त्यसैले बीपीलाई महान् मानवतावादका पक्षधर भनेर पनि स्मरण गर्न सकिन्छ ।  बीपीको अर्को व्यक्तित्वप्रति पनि हामी बहस गर्न सक्दछौं । जस्तै– वि.सं. १९९७ सालमा दार्जिलिङमा वकालत गर्दाको समयमा नेपालभित्र १९९७ सालमा काण्ड घटेपछि, दार्जिलिङमा राणाहरूको विरोधमा एउटा भेला गर्दा होस् वा १९९७ सालमा राणा शासकबाट मारिएका चारजना शहीदलाई पहिलोपल्ट ‘अमर शहीद’ भनेर सम्बोधन गर्दा होस्, यो पाटोलाई पनि बीपीको नेपालमा राणा शासन अन्त्य गर्नेतर्फ उन्मुख भएको आभास पाउन सकिन्छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको प्रयासमा २००३ साल माघ महिनामा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गर्दाको एउटा पाटोमा बुझ्न सकिन्छ । नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भए लगत्तै २००३ सालमा चैत्रमा विराटनगरमा नेपालकै पहिलो मजदुर आन्दोलन भएको थियो । जसको नेतृत्व बीपी कोइरालाले गर्नुभएको इतिहासमा बताउँछ ।

बीपीले नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना गर्नु अगावै जब १९३९ सन्मा द्वितीय विश्वयुद्ध शुरु भयो, तब बीपी दार्जिलिङ छोडेर पटनामा आएर बस्नुभएको बेला पटनामा काङ्ग्रेस समाजवादी पार्टीका क्रियाकलापमा संलग्न हुने विचार गर्नुभई त्यसै समयदेखि समाजवादी आन्दोलनमा विहारमा सक्रिय हुनुभयो । उहाँको लगन विद्वताको कदर गर्दै विहार समाजवादी पार्टीको भारत भरको विद्यार्थी आन्दोलनको जिम्मेवारी पनि पाउनुभएको थियो ।  तसर्थ बीपीको राजनीतिक शुरुवात भारतबाटै भएको थियो  । उहाँले राजनीतिक क्रियाशीलता र अभ्यासको क्रममा भारतको स्वतन्त्रताको आन्दोलनताका भारतीय जेलमा पनि धेरैपल्ट थुनामा जहानियाँ राणा शासनको विरुद्ध आन्दोलन वा क्रान्ति गर्नुपर्छ भन्ने महसुस गरेर सुवर्ण शमशेर राणा र महावीर शमशेर राणाको पार्टी नेपाली प्रजातान्त्रिक काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसको विलय गराई नेपाली काङ्ग्रेस नामक पार्टी खडा गरिएअनुसार नेपालमा प्रजातन्त्र बहालीको क्रम शुरु भएको मानिन्छ ।

२००६ साल फाल्गुण ७ मा प्रजातन्त्रको स्थापना भएर टुङ्गिन्छ । जसबाट नेपालमा प्रजातान्त्रिक व्यवस्थाको अभ्यास शुरु हुन्छ । २००७ फाल्गुण ७ गतेदेखि २०१५ सालसम्मको अवधिमा बीपी नेपालको राजनीतिमा मियोको रूपमा बीपीको व्यक्तित्वलाई सम्झन सकिन्छ । २०१५ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाई सिट प्राप्त गरी सरकार गठन ग¥यो । बीपीको नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले नेपाल र नेपाली जनताको पक्षमा धेरै राम्रा कामहरू गर्दै थियो । भारत र चीनसँगको दौत्यसम्बन्ध विस्तार भई एक–अर्काको विकासका आयोजनाहरूको सम्भावना तीव्र गतिमा भारत र चीनबाट प्रदान हुँदै गर्दा २०१७ साल पौष १ गते तात्कालीन राजाकालका पनि महाकाल महेन्द्र वीरविक्रम शाहबाट कलिलो प्रजातन्त्रलाई निमोठी नेपालका प्रथम निर्वाचित सरकार र प्रधानमन्त्री जननेता बीपी कोइरालालई कारावासमा कैद गरियो ।

२०१७ सालपछि नेपालमा एकदलीय शासन व्यवस्था राजा महेन्द्रबाट चलाउन शुरु भएपछि प्रजातन्त्रको बीउ रोपेर नेपालमा सारा नेपालीको स्तर उकास्ने प्रण लिएका बीपीलाई सबै योजना प्रजातन्त्र त्याग तपश्यालाई सुन्दरीजलको सीमित परिवेशमा खुम्च्याइदियो । सारा सांसद् र मन्त्रीहरू पनि भागाभाग भएर कोही भारत प्रवासमा रहन बाध्य भए । यसरी नै एउटा सुनौलो युगको अन्त्यले आजसम्म हामी नेपालीहरू तङ्ग्रेर उठ्न सकिरहेका छैनौं । समय परिवर्तन भयो । सबै पढेलेखेका मानिसको संख्या पनि दिनानु दिन गुणात्मक हुँदैछ । नेपालको मुहार फेरिएको देखिँदैछ । नेपालीहरूको जीवनस्तर राम्रो भएको छ । नेपाली जनताको चाउरी परेको अनुहार नै हँसिलो भएको भान भएको छ । त्यसैले बीपीले नेपाली काङ्ग्रेसको सरकारले आउँदो १५ वर्षभित्र सबै नेपालीले खान पाउने, शिक्षा, स्वास्थ्य र सबैको बासको व्यवस्था गर्ने अठोट लिएको छ । तर आजसम्म धेरै सरकारले नै २०४७ पछि सरकार चलाए तर नेपाली जनताका प्राथमिक आवश्यकता पनि पूरा गर्न सकेनन्  । मानौं आवश्यकता नै ठानेनन् । नेपाली काङ्ग्रेसको सरकारको हाउभाउ राणाकालीन नै रह्यो ।

अब अन्त्यमा बीपी कोइरालाको २०२५ सालदेखि २०३९ सालसम्मको व्यक्तित्वबारे चर्चा र सम्झना गरौं । भारत निर्वासनमा रहेर पनि बीपीले नेपालको राष्ट्रियतालाई कहिल्यै खलल गर्ने काम गर्नुभएन । बरु राष्ट्रियताप्रति चिन्तित हुनु भयो । नेपाललाई एउटा आदर्श प्रजातान्त्रिक अभियानतर्फ सक्रिय हुनुहुन्थ्यो । आदर्श प्रजातान्त्रिक व्यस्तताले मात्र समाजवादको आर्थिक ढाँचालाई पारदर्शी बनाउँदै लैजान्छ भन्ने कुरामा बीपी आस्वस्त हुनुहुन्थ्यो । जसले नेपालको आर्थिक व्यवस्थालाई टेवा दिन भरमग्दुर क्रियाशील रहोस् । बीपीका असल विचार, देशभक्ति भावना, राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न नसक्नु नै आजको कहालीलाग्दो समय ल्याउन बीपीका अनुज तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पर्याप्त समय थियो । बीपीले अवलम्बन गर्नुभएको आदर्श विधि, विधानको पालना गर्नेतर्फ उन्मुख नभई आÏनै नेताहरूको आÏनो एकमना भएको सरकारलाई दाउमा राखेर २०५१ सालको मध्यावधि चुनावतर्फ जानुले त्यहीँबाट नेपालको प्रजातन्त्र धर्मरायो । त्यसपछि २०५२ मा तथाकथित माओवादी विद्रोहले १० वर्षसम्म राष्ट्रले अनेकौं हण्डर व्यहोर्नु प¥यो । जसको परिणाम हाम्रोसामु प्रष्ट छ ।

अन्त्यमा बीपी २०३३ पौष १६ गते भारतबाट जिउ ज्यानको बाजी लगाएर स्वदेश फर्केपछि पञ्चायत शासनकालमा पञ्चायतइतर तत्वलाई पञ्चायती शासनले खेदी–खेदी पक्राउ गर्दै थियो । बीपीको स्वदेश आगमनपछि पञ्चले काङ्ग्रेसलाई हेर्ने दृष्टिकोणमा केही नरमपना आएको महसुस हुन्थ्यो भने प्रजातन्त्रवादी (नेपाली काङ्ग्रेसका कार्यकर्ता ) हरूले पनि राजा र पञ्चप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पनि बीपीकै देन हो भन्न सकिन्छ । त्यसपछि बीपी भ्रमण नेपालभरि हुन थाल्यो बीपीले भन्नुहुन्थ्यो– हाम्रो लडाइँ पञ्चायत व्यवस्थासँग हो न कि राजा र पञ्चहरूसँग । हामीलाई बालिग मताधिकारको आधारमा हाम्रो चुनाव चिन्हमा भाग लिए । हामी चुनावमा सहभागी हुन्छौं र चुनावको परिणाममा हाम्रो पार्टी दोस्रो भए प्रतिपक्षमा बस्न तयार छौं । यतिसम्म कि हाम्रो पार्टी लचिलो छ पनि भनेका छौं । पंक्तिकारको कानमा अद्यावधि त्यो बीपी शब्द गुञ्जायमान भैरहेछ । बीपी जीवनपर्यन्त देश, जनता, हाम्रो विविधतापूर्ण संस्कृति र जातजाति, सम्प्रदाय, स्त्री, पुरुषबीच भेदभाव मानव समुदायका उचनीच, कुराप्रति गम्भीर हुनुहुन्थ्यो । तराई र पहाडका बासिन्दाहरू सि¨ो नेपालका नेपाली हुन् । सबैमा नेपाली काङ्ग्रेस नेतृत्वले गम्भीरतापूर्वक यी सबैलाई लिएर अगाडि सरे अझै पनि सुन्दर नेपालको भविष्य सुरक्षित रहन्छ भन्ने विश्वास गर्न सकिन्छ ।