पथरी । मोरङ सुनवर्षी नरपालीका वडा नम्बर १ र ४ मा स्थापीत पशुपन्छी तथा कृषि बजारको पून उद्घाटन भएको छ । ‘गान्धि आश्रम बजारको शान, सुनवर्षी नगरपालीकाको पहिचान’ भन्ने नारा सहित वजारलाई बिहिबार नगर प्रमुख कालिप्रसाद दासले उद्दघाटन गरेको हो । वि.स.२०३९ सालमा उपप्रधान पञ्च भमिन्द«मान राईको पहलमा स्थापित पशुवजार लामो समय देखि बन्द थियो । कार्यक्रममा प्रमुख अथितिका रुपमा रहेका स्थानिय सरकार प्रमुख सुनवर्षी नगरपालीका प्रमुख कालीप्रसाद दासले सो वजारलाई नगरपालीकाको मुख्य आयस्रोतको रुपमा विकाश गरेर लैजाने बताउदै स्थानिय गुठि सस्थानका पदाधिकारीहरुसग समन्वय गरि समस्याको दिर्घकालिन समाधान खोजी गरि नगरको दिगो आर्थीक स्रोतको रुपमा लिएर जाने बताएका छन् । ग्रामिण भेगको नगरपालीकाका लागि पशुवजार आर्थीक समृद्घिको मेरुदण्डका रुपमा बिकास गरेर लैजाने वडाध्यक्ष टेक बहादुर भट्टराईले बताए । वडा नंं. ४ का वडाध्यक्ष श्रवण कुमार राजवंशिले उचित स्थान र प्रचुर आर्थीक सम्भावना भएको वजार आज उद्घाटन भएको बताउँदै सम्वधित निकायको ध्यान यसमा पुरयाउनु पर्ने बताए । हाल सञ्चालनमा आएको सो वजारमा हरेक वस्तुको विक्रिनामामा ७५ प्रतिशत छुटका साथ वजार सञ्चालन गरिने वजार व्यावस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले बताएका छन् । आगामी कार्तिक महिनामा लक्ष्मीपुजाको अवसरमा वजारको प्रवद्घनका लागी कृषि मेलाको आयोजना गरिने पनि अध्यक्ष तामाङले बताएका छन् । गान्धी–मोनमोहन गुठि संस्थानको २० विघाहा क्षेत्रफमा फैलिएको जग्गाको कुल क्षेत्रफलको ४ विघाहामा सो वजार लाग्दै आएको थियो । उतिबेला वजारको स्थापना कालमा बजारकोे आम्दानीको ४० प्रतिशत रकम गुठि संस्थालाई दिनुपर्ने सर्तमा बजार साप्ताहिकरुपमा लाग्दै आएको थियो । तर पछिल्लो समय गुठि सस्थानका पदाधिकारी र स्थानिय वजार व्यावस्थापन समिति विच कुरा नमिले पछि बजार बन्द भएको थियो ।