मधुमल्ला । मोरङको मिक्लाजुङमा संचालित संथागत विद्यालयहरुको संयुक्त आयोजनामा अन्तर विद्यालय आधारभुत र माध्यमिक तह स्तरिय हाजिरी जवाफ हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्याब्सन युनिट मिक्लाजुङको आयोजनामा आज सोमबार मिक्लाजुङ–७ रिलायन्स अंग्रेजी मा.वि. मधुमल्लामा सम्पन्न प्रतियोगितामा अधारभुत तर्फ हिज्जे प्रतियोगितामा तोरीबारी विद्या मन्दिर मिक्लाजुङ–८ र हाजिरी जवाफ प्रतियोगितामा क्लासिकला हाइस्कुल मिक्लाजुङ–८ ले प्रथम स्थान हाँसिल गरे । त्यस्तै प्रतियोगितामा हाजिरि जवाफ तर्फ भानु मेमोरीयल अंग्रेजी मा.वि. मिक्लाजुङ–७, सरस्वती मा.वि. मिक्लाजुङ–८ र मदर मधुमल्ला अंग्रेजी मा.वि. मिक्लाजुङ–९ ले क्रमश द्धितिय, तृतिय र शान्तवना स्थान हासिल गरे ।

त्यस्तै हिज्जे प्रतियोगिता तर्फ रिलायन्स अंग्रेजी मा.वि. मिक्लाजुङ–७, नोबेल्टी अंग्रेजी मा.वि. मिक्लजाुङ–३ र जलेश्वरी अंग्रेजी स्कुल मिक्लजुङ–४ ले क्रमश द्धितिय, तृृतीय र सान्त्वना स्थान हाँसिल गरे । हिज्जे प्रतियोगिताको संचालन राजु बस्नेत र हाजिरी जवाफ प्रतियोगिताको संचालन कार्यक्रम संयोजक महाविर राइले गर्नु भएको थियो । कार्यक्रमा आधारभुत तर्फ मिक्लाजुङका १३ र माध्यमिक तर्फ मिक्लाजुङका ५ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम , द्धितिय , तृतिय र सान्तवना स्थान हाँसिल गर्नेलाई ट्रफी र प्रमाण–पत्र मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख काशिनाथ खनाल र कार्यक्रमकका अध्यक्ष नवराज दवाडीले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख खनालले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको सामान्य ज्ञान विकाश संगसंगै अतिरिक्त ज्ञानमा समेत टेवा पुग्ने भएकाले समय समयमा यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन आफु समेत तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बिशिष्ठ अतिथी वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहान र सोत व्याक्ती गणेश रेग्मीको बिशिष्ठ आतिथ्यता रहको थियो । कार्यक्रमका अध्यक्ष नवराज दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो ।