इटहरी/ भदौ १५ देखि प्रदर्शनमा आउने चलचित्र मेरी मामुको टोलीले यतिबेला पूर्वका विभिन्न स्कुलहरूमा चलचित्रको प्रमोशन गरिरहेको छ ।

निर्माता सन्तोष सेन, कलाकार आयुव सेन र कुसुम गुरुङ प्रमोशन भ्रमणमा छन् । यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा आयुव र कुसुमका अलावा अश्लेषा ठकुरी, सारुक ताम्राकार, क्रिजन गौतमलगायतको भूमिका छ । निर्माता सेनले एकपटक सबैलै हेर्ने पर्ने फिल्म बनेको बताए । फिल्म बाल मनोविज्ञानमा आधारित रहेको छ । सेनले प्रेमगीतजस्ता सफल चलचित्र दिइसकेका छन् ।