धरान/१ नम्बर प्रदेश सरकारले जनै पुर्णिमाको अवसरमा आईतबार सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किको निजी सचिवालयका सदस्य रवि खनालका अनुसार चैत्र २८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक विदा सम्बन्धि बार्षिक क्यालेण्डर अनुसार जनै पुर्णिमामा बिदा दिइएको हो ।यसैबिच प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जनै पुर्णिमाको अवसरमा शुरकामना सन्देश जारी गरेका छन् ।

उनले धर्म,संस्कार र संस्कृतीले समाजलाई एकबद्ध बनाउने समेत बताएका छन् । धरान उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी (सुबेदी)लेपनि जनै पुर्णिमा तथा अन्तराष्ट्रिय लैङगिक समानता दिवसको अवसरमा शुभकामना ब्यक्त गरेकी छिन् ।कार्यवहाक नगर प्रमुख भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘ यस अवसरमा आफ्नो सांस्कृतिक रितिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्ने थप प्रेरणा प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्दै धरानको विकास र समृद्धिका लागि आपसी सहयोग, सकारात्मक भाव, सहिष्णुता र थप ऊर्जा यो पर्वले भित्र्याअाेस भन्दै हार्दिक सहभाव व्यक्त गर्दछु ।

’धरान उपमहानगरपालिकाले धर्म, संस्कार तथा संकृतिहरूलाई अमूल्य निधिको रुपमा लिएको र यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति समेत लिएको सन्देशमा उल्लेख गरिएको छ ।‘यस अवसरमा धरानको विकास र आर्थिक समृद्धिको दिशामा अघि बढ्ने ऊर्जा र प्रेरणासमेत मिल्ने अपेक्षा गरेको छु ।’सन्देशमा भनिएको छ ।

आईतबारनै पर्ने अन्तराष्ट्रिय लैङ्गिक समानता दिवसको अवसरमा पनि कार्यवहाक नगर प्रमख भण्डारीले शुभकामना व्यक्त गर्दै लिङ्गका आधारमा हुने सबैखाले विभेदहरू हटाउँदै विभेदरहित समाज निर्माण गर्ने अभियानमा जुट्ने प्रेरणा र सक्रियता मिल्ने विश्वास लिएकी छिन् ।