धरान/मुस्लिम धर्मवालम्बिहरुको प्रमुख चाड बकर इदको अवसर पारेर १ नम्बर प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।मङगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किले जानकारी दिए ।

उनले बकर इदको शुभकामनापनि दिएका छन् ।१ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीलेपनि बकर इदको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।उनले धार्मिकताले समाजलाई एकबद्ध बनाउने सन्देशमा जनाएका छन् । धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख म ञ्जु भण्डारी (सुबेदी)ले पनि बकर इदको अवसरमा शुभकामना दिएकी छिन् ।यस्ता पर्वहरुले सामाजिक एकता,धार्मिक सहिष्णुता र सांस्कृतीक बिबिधतालाई जिबन्त राख्ने भन्दै उनले मुस्लिम समुदाय तथा समग्र नेपालीहरुप्रति सुभेच्छापनि प्रकट गरेकी छिन् । मङगलबार शुभकामना सन्देश जारी गर्दै उनले धरान उपमहानगरपालिकाले यस्ता मौलिक पर्वहरुलाई विकास र प्रर्बधन गर्ने नीति लिएको जनाएकी छिन् । बकर इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएपछि मुस्लिम समुदायलेपनि खुसी ब्यक्त गरेका छन् ।