काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित पाकिस्तानको प्रधानमन्त्री इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्।

नवनिर्वाचित  समकक्षी खानलाई प्रधानमन्त्री ओलीले आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको हो  रासस