इटहरी । सेवाग्राहीबाट घुस लिदै गर्दा इटहरी १० का वडासचिव नायब सुब्बा विदुर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीबाट  घुसलिने क्रममा इटहरी स्थित रोजरक मःम हाउसबाट रेग्मीलाई टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई विभिन्न बहानामा पैसा लिदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयले जनाएकाे छ । अख्तियारको टोलीले सचिबलाई पक्राउ गरे सँगै स्थानीयहरुको भिड लागेको छ । सर्वसाधरणहरु बाक्लो उपस्थिती रहेको थियो । होटल दर्ता गरे बापत बिहीबार ५ हजार लिएको र शुत्रबार १३ हजार रकम सेवाग्राहीबाट लिएको अख्तियार क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ