पथरीशनिश्चरे । नेपाली कांग्रेसका कार्यकर्ताहरुले शुक्रवार दिउँसो झापाको दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् उपसचिव शालिकराम काफ्ले र विद्यालय निरीक्षक गणेश पौडेलमाथि हातपात गरेका छन् ।

हिमालय माध्यमिक विद्यालयमा विद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको भेला शुरु हुनु अघि काफ्ले र पौडेलमाथि हातपात भएको हो ।

आफुहरुको माग विपरित नगर शिक्षा नियमावलीको जारी गरिएको भन्दै सोको बिरोध गर्दै आएका कांग्रेस कार्यकर्ताहरुले कार्यक्रम शुरु हुनु अघि मञ्चमा आएर माइक लिइ आफ्ना कुरा राखेका थिए । ढुण्डीराज भण्डारी, रोशन विष्ट लगायतका कांग्रेस नेता कार्यकर्ताहरुले काफ्लेलाई लछारपछार गरेको उल्लेख छ ।

आक्रामक भएका काँग्रेस कार्यकर्ताहरुले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै शिक्षा अधिकृत समेत रहेका काफ्लेलाई हातपात गरेको जनाईएको छ । भेलास्थल केहिबेर तनावग्रस्त बनेको थियो ।