विराटनगर । सूचनाका हकका लागि स्कुल क्याम्पस अभियान अन्तरर्गत शुक्रबार विराटनगरको आर्दश उच्च माविका ५० जना विद्यार्थीहरुलाई सूचनाको हकको बारेमा जानकारी गराईएको छ । अमेरिकन कर्नर विराटनगरले सूरु गरिएको यो अभियान स्कुल कलेजका विद्यार्थी र सरोकारवालाहरुसँग गरिनेछ । नेपालको संविधानको धारा २७ मा उल्लेखित मौलिक हकको रुपमा आएको यो अधिकारलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने भने सीप ज्ञान दिने उद्देश्यका साथ स्वयमसेवी अभियानको रुपमा लगिएको अभियानका सहजकर्ता राजु श्रेष्ठले जानकारी दिए ।

सुशासन, पारदिर्शीता, जवाफदेहिता र भ्रष्टाचार न्यूनिकरण गर्न सूचनाको हक एक सशक्त औजारको रुपमा लिइन्छ । विद्यार्थीले सूचनाको हकको प्रयोग गरि आफ्नो उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि लिन सक्छन् । विद्यालयबाट प्राप्त गर्ने छात्रावृत्ति, सेवासुबिधा र निर्णयको बारेमा थाहा पाउने सबैको अधिकार हो । सूचनाको अधिकार लोकतन्त्रको प्राणवायुको रुपमा दिइको भए पनि सबैले यो अधिकारको बारेमा अझै थाहा नपाएको परिप्रेक्षमा यो अभियान थालिएको अमेरिकन कर्नर विराटनगरकी प्रिति कोइराला भट्टराईले जानकारी दिइन् । कलेजले आफ्ना विद्यार्थीहरुलाई पाठ्क्रमदेखि बाहेकका अतिरिक्त क्रियाकलाप अन्तरगत यस्ता उपयोगी विषयहरुको बारेमा नियमित कार्यक्रमहरु गर्दै आएको कलेजका कोडिनेटनर भगिरथ पोखरेलले जानकारी दिए ।