बिर्तामोड । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी बिर्तामोडले प्रदेशस्तरीय शैक्षिक मेला आज हुने भएको छ । विद्यार्थीको चाहना अनुसारको विषय रोजाई र अस्ट्रेलिया अध्ययनका लागि आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले ‘क्याम्ब्रिज अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ गरिरहेको हो । टेक्नोलोजीले भदौ २ गते दमक र ३ गते इटहरीमा शैक्षिक मेला आयोजना गरेको बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । कक्षा–१२ पछिको शिक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले सहजीकरण गरी उचित परामर्श दिन आवश्यक रहेको टेक्नोलोजीका संस्थापक शिशिर सिम्खडाले जानकारी दिए । अहिले विश्वको शिक्षा कुन दिशातिर जाँदैछ र भोलिको भविष्य आजको कुन विषयसँग जोडिएको छ भन्नेबारमामेला केन्द्रित रहने संस्थापक सिम्खडाले बताए । ‘शैक्षिक मेलामा अस्ट्रेलियाका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक शिक्षाविद्हरूको उपस्थिति रहनेछ’ संस्थापक सिम्खडाले भने ‘यति धेरै विश्वविद्यालयको उपस्थिति गराउनुको मूल उद्देश्य अस्ट्रेलियाबारे जानकारी अभिभावक र विद्यार्थी समक्ष पुर्याउनु हो ।’ मेलामा शैक्षिक केन्द्र बनिरहेको अस्ट्रेलियामा अध्ययनका लागि किन जाने ? त्यहाँ के–कस्ता अवसर र चुनौती छन्, जानुभन्दा पहिले विद्यार्थीले थाहा पाउनु पर्ने कुरा, त्यहाँको वातावरण, जीवनशैलीलगायतका विषयमा जानकारी गराइने जनाइएको छ । टेक्नोलोजीले स्थापना कालदेखि नै ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने कुरालाई जोड दिँदै आएको संस्थापक सिम्खडाले जानकारी दिए । विगतमा भारतको बैङ्लोर, सिमलालगायतका विभिन्न कलेजसँग प्राविधिक विषयमा परामर्श दिँदै आएको टेक्नोलोजीले २ वर्ष अघिदेखि अस्ट्रेलिया, न्युजिल्याण्ड, युएसएजस्ता देशका शैक्षिक संस्थाका बारेमा परामर्श दिँदै आएको सिम्खडाले बताए ।