अफगानिस्तान । अफगानिस्तानमा  हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ ।

तालिवान लडाकुहरुको अखडा रहेको क्षेत्रमा गोप्य सुचनाका आधारमा आक्रमण गर्दा तालिवान लडाकूहरु नै मारिएको प्रान्तीय त्यहाकाे  प्रहरीअधिकारीले जानकारी दिएका छन् ।

अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा उनीहरू बिहीबार मारिएका हुन् ।

आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ । यसबारे तालिवानी समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।रासस