बराहक्षेत्र/ चतरा स्थित सप्तकोशी नदीमा सञ्चालन भएको जेट बाेटले पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय बराहक्षेत्रको पर्यटनमा अर्को विशेषता थपेर जल पर्यटनको ढोका खोलिदिएको छ । हिन्दुहरुको चार पवित्र तिर्थस्थल कुरुक्षेत्र,हरिहरक्षेत्र मुक्तिक्षेत्र मध्ये एक बराहक्षेत्रमा बगिरहेको नेपालकै सबैभन्दा ठूलो सप्तकोशी नदीमा जेट बाेट सञ्चालन हुनुले जल पर्यटनको सम्भावनाको बाटो खोलिएको हो । स्थानिय युवाहरुले ३ करोडको लगानीमा सञ्चालनमा ल्याईएको जेट बाेटले जनतालाई दिईरहेको सुविधा तथा आगामी योजना नदीमा जल पर्यटनको सम्भावना, यसको चुनौती र वाटर टुरिजमलाई बढावा दिन स्थानिय तथा प्रदेश सरकार भुमिका के हुन सक्छ ? यसका लागि तलका बिन्दुमा ध्यान दिन सकिन्छ ।

१ . जेट बाेटले दिईरहेको सुविधा र आगामी योजना नदीमा सञ्चालित जेट बाेट हाललाई चतराबाट धनकुटा जिल्लाको सिम्लेसम्म जाने गर्दछ । बाेटले चतरा देखि सिम्लेसम्मको १५ किलोमीटरको दुरी १५ मिनेटमा पुरा गर्छ । चतराबाट हिंडेर जाने हो भने सिम्ले पुग्न कम्तीमा ५ घण्टा लाग्छ फेरी बाटोमा अक्करे भीर उक्लीनु पर्ने जोखिम तल झरे सिधै कोशी नदीमा । जेट बाेट चल्न थालेपछि यात्रु तथा स्थानिय घण्टाैको दुरी मिनेटमा साँघुरिएको छ । भने पर्यटक तथा स्थानिय जनतालाई पहाड र शहरसँग जोड्ने छिटो, छरितो र सरक्षित, जल यातायात पर्यटनको राम्रो तथा वैकल्पिक साधन बनेको छ । जेटवोटले चतराबाट सिम्ले जान प्रति व्यक्ति भाडा ४ सय लिने गरेको छ । भने यात्रुलाई लाइफ ज्याकेट अनिवार्य गरिएको छ । प्रति यात्रु ५ लाख विमा गरिएको, १ जना क्यापटेन, २ जना क्रु मेम्बर सहित अधिकतम ३४ जना लाने गरेको जेट बाेट विहान ७ वजे देखि लिएर बेलुकी सम्म चल्ने गरेको बाेले आकस्मिक सेवा राती पनि दिने गरेको बराहक्षेत्र जल यातायात प्रालिका शेयरहोल्डर सन्तोष भण्डारीले बताए ।

जेट बाेटबाट बराहक्षेत्र मन्दिर लगायत भोजपुर जिल्लाको हतुवागढी भसुवासम्म को २५ किलोमीटरको एडभेन्चर र्याफ्टिङ गर्नेलार्इ प्याकेज टूरमा प्रति व्यक्ति ५ हजारका दरले जादा जेट बाेटमा र चतरा आउँदा र्याफ्टिङ को सुविधा समेत उपलब्ध गराईने सन्तोषले बताउँछन् । प्रालिले आउँने दिन चतरामा आयोजना हुने कुम्भ लगायतको धार्मिक अवसरमा थप अर्को वाटे थप्ने भएको छ भने पर्यटक लाई आर्कषित गर्न नदीको बगरमा रिर्सोट स्थापना तथा जेटस्की, र मनोरञ्जनका अन्य साधनहरु ल्याईने भण्डारी भन्दछन् ।

२. सम्भावना                                                                                                                                                                    देश विदेशमा धार्मिक पर्यटकीय ब्रान्डका रुपमा स्थापित वराहक्षेत्रमा जल पर्यटन लाई प्रवद्धन गर्न सके पूर्वमा वाटर टुरिजम हब बन्न सक्ने प्रबल सम्भावना छ । जेट बाेट भारतको पुणे स्थित कियानसीप कम्पनीले बनाएको, ३ करोड रुपैंयाको लगानीमा २०७४ चैत महिनामा सञ्चालन गरिएको हो । छिमेकी पहाडी जिल्ला धनकुटा,भोजपुर र उदयपुर तर्फ जाने र तल तराई बराहक्षेत्र झर्ने यात्रुहरु लक्षित गरि व्यवसायिक रुपमा सञ्चालन गरिएको भएपनि यसले चतरामा व्यवसायिक जल पर्यटनको सम्भावना र महत्वलार्ई बढाएको छ । धार्मिक र पूरातात्विक दृष्टिले बराहक्षेत्र आफैमा महत्वपूर्ण तथा पवित्र क्षेत्र हो । यँहा वर्ष दिनभरी नै हजारौंको संख्यामा आन्तरिक तथा बाह्य विशेषगरी छिमेकी भारतीय धार्मिक पर्यटकहरु विभिन्न पुजापाठ धार्मिक अनुष्ठान तथा मेलापात का लागि आउने गरेका छन् । बराहक्षेत्रमा कार्तिक महिनामा लाग्ने ठूलो धार्मिक मेला, माघको माघे संक्रान्ति मेला होस् अथवा बोलबम तथा कुम्भ मेला जस्ता धार्मिक आयोजनहरुमा आउँने अनि कार्य सम्पन्न भएपछि घर फर्कने गर्दथे । त्यस उपरान्त उनीहरुसँग धार्मिक पर्यटन बाहेक बराहक्षेत्र तथा यसका आसपासका पाकृतिक मनोरम दृश्यको अवलोकनको कुनै वैकल्पिक उपाय थिएनन् । भने नदीको पानी त्यसै खेर गईरहेको थियो ।  चतरावासीले त्यसबाट समुचित फाईदा लिन सकिरहेका थिएनन् । सानो व्यवसायिक फर्मकोरुपमा स्थापना भएको जेट बाेटले चतरा घुम्न आउँने पर्यटकलाई जल पर्यटनका माध्यमबाट पर्यटनको नौलो स्वाद चखाएको छ ।

वराहक्षेत्र पूर्वमा मात्र नभएर विदेशमा विशेषगरी भारतिय धार्मिक पर्यटक माझ लोकप्रिय रहेको छ । पैदल तथा गाडीमा यात्रा गर्नेहरुलाई बराह भगवानको दर्शन गर्न जेट बाेट आर्कषक माध्यम हुन सक्ने बराहक्षेत्र जल यातायात प्रालिका युवा पर्यटन व्यवसायी अमित भगत बताउँछन् । जेटबाेटले स्थानियलाई आर्य-आर्जन र रोजगारीको बाटो देखाएको छ ।

३. चुनौतीहरु जेट बाेट, अहिलेको वर्षा मौसममा नचलेर बन्द अवस्थामा छ वर्षायाम शुरु हुने बित्तकै जेठ, असार,साउन र भदौ महिनामा नदीमा बगाएर आउने रुखका मुँढा र तीव्र बहावका कारणले बाेट सचालन गर्न सकिंदैन । हिउद माहिनाबाट असोजमा शुरु गरिने भएपनि बाेट सिम्ले भन्दा माथी जना सक्दैन् । नदी भित्र भएको करिब ५८ स्थानामा भएको टूला-ठूला ढुंगाले बाधा उत्पन्न गरेको जेट बाेटका अर्का अंशीयार कवि पुर्शुराम राईले बताए ।  नदीमा क्यानेल निर्माण गरिए कोशी ब्यारेज सम्म जान सकिने छ । अहिले चतराधामको कुम्भ स्तम्भ नजिकै रहेको सानो कोशीमा पूल नहुँदा यात्रुले ५० रुपैंया बढि भाडा दिएर कोशीपूलबाट पारी तरेर बेलका नपाबाट जेटवोट चढ्नु परेको छ । हिउँदमा सानो कोशी सुक्ने गरेको तर नजिकै रहेको सुनसरी मोरङ्ग सिंचँई आयोजनाको फ्लसिङ्ग खोल्ने गरेकोले यात्रुले दुख पाउने  गरेको भन्दै वारी सुनसरी वाट वारी उदयपुरको बेलका जा“दा टेम्पो लँई कोशीपूलमा ट्रापिकले दुख दिने गरेको उनी भन्छन् ।

३. कागजी प्रक्रिया तथा स्थानीय र प्रदेश सरकारको चासो

कुनै पनि नँया उद्यमी जसले नँया व्यवसायमा लगानी गर्न चाहन्छ उसले सरल तथा छिटो सेवा चाहन्छ तर अझै हाम्रो देशमा अवस्था आईसकेको छैन  । स्यानो काम गराउँन किन नहोस कागजी प्रकृया ढिलो छ । यसले गर्दा पनि उत्साहमा कमी आउन सक्छ । बराहक्षेत्र जल यातायातको लाईसेन्स लिने समयमा निकै समस्या भोगेको बताँउदै सन्तोष भण्डारीले चतरा ईलाका देखि महेन्द्रनगर र सुनसरी जिल्ला प्रमुख कार्यलयमा पटक पटक कुनै अपराध गरे सरह उपस्थित भएर कागज बुझाँउन परेको बताँउछन् ।

त्यति मात्र कहाँ हो र उदयपुर,भोजपुर र धनकुटा धाउनु पर्यो, अहिलेको समय विद्युतीय प्रणालीमा रुपान्तर भईरहँदा हामीले अझै कागजमै छौ । यसले पनि हामी जस्ता केही गर्न चाहनेलार्इ हतोत्साहित बनाइरहेकाे छ । त्यसैले यस्ता झन्झटिलो कागजी भन्दा छिटो छरितो र सरल प्रक्रिया अपनाउँनु पर्ने उनले बताए।

जेट बाेटलाई नदीमा जति उत्साह उमंग र जोसका साथ उतारिएको थियो, त्यस अनुसारको साथ सहयोग पाउँन सके अझ बढि लगानी भित्रिन सक्ने युवा पर्यटन व्यवसायीको विश्वास छ । जल पर्यटन सेक्टरमा आउँन चाहने उद्यमीलार्इ प्रदेश सरकारले अनुदान ऋण उपलब्ध गराउँन सके सरकार आफै यसमा लगानी गर्न सके चतरा लगायत यस क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने निश्चित छ । चतरा आयोजित निजि रेडियोको कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतले चतराधाम बराहक्षेत्र सर्किट अनुसार पर्यटकका लागी नदीमा पानी बाेटको सञ्चालन गरिने धर्म,योग र कुम्भको आयोजनालाई तिव्रताका साथ अघि बढाईने बताए ।

यस अर्थ बराहक्षेत्रको नदीमा जल पर्यटनको विकासको लागि प्रदेश सरकार उत्साहित भएको देखिन्छ , र संघिय ढाँचा गईसकेको अवस्थामा प्रदेशको सम्रग बजेट निर्माणमा भरपर्दो श्रोत बन्न सक्ने भएकोले, प्रदेश सरकारले यस तर्फ ध्यान दिने हो की ?