धरान । सुनसरी जिल्लालको धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा बुधबार दिउँसो १२:१५ बजे को १ क २६१६ नम्बरको टिपरले को ७ प २३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका-२० बस्ने वर्ष २० को ठिम बहादुर भुजेल र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ३१ की सुशिला भुजेल घाइते भएका छन् ।

घाइते दुबै जनाको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने ठक्कर दिने सवारी साधनका चालक वडा प्रहरी कार्यालय धरानमा रहेका छन् ।