मोरङ । मङ्गलबार पौडी खेल्ने क्रममा मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिनअघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका–१ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा रौनियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता निशान थापाले जानकारी दिनुभयो । रासस