ब्लाष्टखबर । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीकाे दिल्ली स्थित अखिल भारतीय अायुर्विज्ञान संस्था (एअाइअाइएमएस) मा  अाज साझ ५: ०५ बजे निधन भएकाे छ । उनि ११ जुन देखी उक्त अायुर्विज्ञान संस्थामा  मृगैला नली संक्रमण, मुत्रनली संक्रमण तथा छाती सम्बन्धी समस्याकाे उपचार गराइरहेका थिए । बुधबार उनकाे अवस्था गम्भिर भएका कारण उनलार्इ सघन उपचार कक्ष्य (अाइसियु)मा राखिएकाे थियाे । मधुमेह पिडित ९३ वषीर्य भाजपाका नेता वाजपेयीकाे एक मृगैलाले मात्र काम गर्ने गरेकाे थियाे ।