सप्तकोशी । सप्तकोशी नदिमा बुधबार १० बर्ष यताकै सबै भन्दा बढि पानी बग्यो । पानीको मात्रा खतराको संकेतमा पुगेपछि साईरन नै बजाएर स्थानियलाई सर्तक बनाईयो । कोशी किनारका बासिन्दालाई फेरी पनि कोशी नदि गाउँमा पस्ने डरले सर्वसाधरण त्रसित भए ।

तर बर्षो देखि भईरहेको त्यही समस्यामा सरकार मौन बस्दै आएको छ । बर्षेनी सरकारले केहि गरेन भन्दै स्थानीय गनगन गरिरहन्छन् तर समस्या सुनुवाईमा कोहि बोल्दैनन् ।

सप्तकोशीमा बुधबार बराहक्षेत्रको मापन अनुसार १० बर्ष यताकै धेरै पानी पुग्यो । पानी खतराको संकेत नजिक पुगेपछि साईरन नै बजाएर कोशी किनारका स्थानियलाई सर्तक गराउनु परेको थियो । पहाडी जिल्लामा भारी बर्षापछि कोशीमा पानी उच्च बिन्दुमा परेको स्थानीयले बताएका छन् ।

बुधबार १० बर्ष भन्दा यता सबैभन्दा धेरै पानी बगेको स्थानिय दुर्गा बहादुर बिष्ट बताउँछन । उनी भन्छन् हामी कहिले सम्म कोशीको डरमा बस्नु ? बर्षेनी आफुहरु बाढीको त्रासमा बस्नु पर्छ सरकारले थाहा पाउँदैन ।

कोशी बारेका जानकार स्थानीय रविन घिमिरेका भन्छन् ११ बजे बराहक्षेत्रको मापन अनुसार २ लाख ७२ हजार ७ सय ५० क्युसेक पानी पुगेको थियो । नेपाली मापन अनुसार ५ दशमलब ६ मिटरलाई सामान्य मानिन्छ । पानीको सतह ६ दशमबल ८ मिटर पुगेपछि खतराको संकेत मानिन्छ । बुधबार सप्तकाशीमा पानीको सतह ६ दशमलब ५६ मिटर पुगेको थियो । खतराको संकेत नजिक पुगेपनि सरकारले हाल सम्म कुनै पहल नगरको स्थानिय घिमिरे बताए । पानीको सतह बढेर ड्यामका स्परहरु कटान हुन थालेपनि सरकारले स्थानियलाई सहि सुचना सम्म दिन नसकेको उनको आरोप थियो ।

पानीको सतह तिव्रगतिमा घटबढ हुन थालेपछि स्परहरुमा कटान सुरु हुने गर्छ । यस्तो अवस्थालाई निकै सम्बेदनशिल मानिन्छ । पानीको बहावमा उतारचढाव आएसँगै त्रसित बन्ने गरेको स्थानिय चेतन कविरथले बताए । उनले भने हामीलाई सुचना त दिन नसक्ने सरकारबाट के आशा गर्नु उनी भन्छन् । कोशी आसपासका स्थानीयबासीहरु पहाडी क्षेत्रमा ठुलो पानी पर्दा सुत्न समेत समस्या हुने गरेको उनी बताउँछन । पछिल्लो समय सप्तकोशी नदिले बगाएर ल्याएको बालुवा ननिकालिएका कारण जोखिम बढ्दै गएको जानकारहरु बताउँछन् ।

बर्षेनी नदिले बगाएर ल्याएको बालुवा कटिगं गरी बाहिर निकाल्नुपर्ने हुन्छ । तर कोशी प्रोजेक्टको बालुवा कटिगं गर्ने एउटा मेसिन पनि विग्रिएको छ । बर्षेनी बालुवा थुप्रिएका कारण नदिको बीचमा ठुल ठुला टापुहरु बन्न थालेको भन्दै समस्या बढिरहेको कोशी बाढी पिडित संर्घष समितिका सचिब बाबुराम कार्की भन्छन् । कोशी यसआपसको जनताको लागी टाउँको दुखाई नै भईरहेको छ । हिउँदमा गर्नुपर्न स्परमर्मत गर्ने काम बर्षाको समयमा गर्ने गरिएको जनाए । बाढी बढ्न थालेपछि मात्रै भारतीय पक्षले चासो दिने गरेको भन्दै कोशी समस्याको दिर्घकालिन समाधानका लागि कंक्रिटका स्परहरु निर्माण गर्नुपर्ने उनको माग छ ।

यो बेला कोशीको मुल भंगालो पर्ने २६४० र २६८८ नम्बरको स्पर मुख्य जोखिमा रहेका छन् । ती स्परसँग रहेका २७१० र २७४० नम्बरका स्पर पनि जोखिममा रहेका छन् । तर सरकारी नेपाल सरकार तथा भारतीय पक्षले कुनै चासो नदिएको स्थानियको गुनासो रहेको रहेको छ । त्रास बढ्दै गएको अवस्थामा थप क्षति हुन नदिन सम्बन्धित पक्षले चासो दिन आवश्यक छ कार्की भन्छन् । सुनसरीको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने अहिले त्रसित हुन पर्ने अवस्था नभएको बताएका छन । बुधबार भने कोशीमा धेरै पानी आएको कारण केहि सुचना आफुहरुले दिएको जनाए । प्रजिअ उप्रतीले भने हामीले भारतीय पक्ष सँगको समन्वयमा कोशी ब्यारेजको ढोका धेरै खोल्न लगाएको उनको भनाई थियो । कोशी ब्यारेजको ५६ ढोका मध्ये ३५ ढोका खोलिएको थियो ।