विराटनगर । एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साइन्स एण्ड मेनेज्मेन्टले एक छात्रले हालै सार्वजनिक भएको कक्षा १२ विज्ञान सङ्कायको परीक्षामा प्रदेश १ मा प्रथम भएको दाबी गरेको छ । आगत पोखरेल ३.८५ प्रतिशत नतिजा ल्याउँदै प्रदेश १ मै प्रथम बन्न सफल भएको विद्यालयले दावी गरेको छ । कक्षा १२ मा १ सय १३ जना विद्यार्थीले परीक्षा दिएकोमा आगत पोखरेलको ३.८५ सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार उत्तीर्ण हुने विद्यार्थी मध्ये ३ दशमलव ६२ प्रतिशत भन्दा माथि जीपीए ल्याउने १८ जना विद्यार्थी छन् । यस्तै ३.२२ भन्दा बढी जीपीएसहित ‘ए ग्रेड’मा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २१ जनाले बी प्लस र २ जनाले बी ग्रेडमा उत्तीर्ण गरेको विद्यालयले जनाएको छ । प्रिन्सिपल टीकाराम पुरीले विद्यालयले लिएको लक्ष्य अनुरूप विद्यार्थी, शिक्षक शिक्षिका र अभिभावकको मिहिनेतका कारण उत्कृष्ट रहेको बताए ।