धरान । उदयपुरमा हात्तीकाे अाक्रमणबाट एकजनाकाे ज्यान गएकाे छ ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ भाटेपुल एकता चोकमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय रामबहादुर नेपालीकाे ज्यान गएकाे हाे । बिहान करिब ३ बजे जंगली हात्ती घरमै पसेर आक्रमण गर्दा नेपालीको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । प्रहरीका अनुसार जंगली हात्तीले अन्नबाली समेत नष्ट गरेको छ । गाउँमा जंगली हात्ती पसेपछि स्थानीय त्रसित भएका छन् ।