ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-३ मेदिबुङ बस्ने लक्ष्मण बहादुर थापालाई गोरु काटेर मासु विक्री गरेको अभियोगमा साउन २८ गते सोमबार साँझ ५ बजे प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयले प्रहरी कार्यालयमा थापाले गोरु काटेर मासु बिक्री गरी रहेको भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे थापालाई पक्राउ गरेको हो।

प्रहरीले उक्त स्थानबाट गोरुको छाला तथा हाडहरु समेत बरामद गरेको छ। पक्राउ परेका थापालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको छ ।