धरान । इटलीमा पुल भत्किदा कम्तिमा ३० जनाकाे मृत्यु भएकाे छ ।

इटलीकाे उत्तर पश्चिममा जेनेभा शहरमा रहेकाे पुल भत्किँदा ३० भन्दा बढी गाडी भुइमा बजारीएर ३५ जनाको मृत्यु भएको बिबिसीले समाचार प्रेसीत गरेकाे छ ।  साे दुर्घटनामा १५ जना गम्भीर घाइते भएकाे समेत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।

दुर्घटना पश्चात १२ जना हराइरहेको र पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ भिडियाे अहिले सञ्चार माध्यममा अाइरहेकाे छ ।

भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पूल भत्किएपछि तीसवटा भन्दा बढी गाडीहरु पुलसँगै भुइँमा बज्रेका थिए । चट्याङ परेका कारण पुल भत्किएको एक प्रत्यक्षदर्शीले बताएका छन् । फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरुको खोजी गरिरहेका छन् । स्थानीय सयअनुसार बिहान झण्डै साढे ११ बजे पुल भत्किएको बताइएको छ ।