धनकुटा ।  ११ केजी गाँजा सहित धनकुटा नगरपालिका वडा नं. ४ देब्रेबाँसबाट प्रहरीले  एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका वडा नं. ३ छिन्ताङ्ग घर भएका वर्ष २३ का अभिशेक राई रहेका छन् । उनलाई विशेष सुराकीको आधारबाट २ वटा जेब्रा झोलामा ११ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएस्पी उमेश लम्सालले ब्लाष्टलाई बताएका छन् ।

लम्सालका अनुसार गाँजा सहित पक्राउ परेका राईलाई लागुऔषध ऐन अन्तर्गत कानुनी कार्बाही गरिने बताइएको छ । लागुऔषधको अभियोगमा पक्राउ पर्ने अभियुक्तलाई सामान्यतय २  देखी १० वर्ष सम्म सजायँ हुने कानुनी प्रावधान रहेको लम्सालले ब्लाष्टलाई बताएका छन् ।