मधुमल्ला । मोरङको मिक्लाजुङ स्थित मधुमल्ला स्वास्थ्य चौकिले यस आर्थिक बर्षमा ८० जना महिलाहरुको सुरक्षीत गर्भपतन गरेका छन् । मातृ सुरक्षाका लागि प्रभावकारी माध्यम र प्रजननमा महिलाको अधिकार सुुरक्षित गर्न मौलिक हकको रुपमा रहेको गर्भपतन सेवा लिनेहरु वैधभन्दा पनि अवैध धेरै भएकाले महिलाको स्वास्थ्य जोखिममा पर्न नदिन सेवालाई निःशुल्क र प्रचारमा प्राथमिकता दिएको कार्यालयले जनाएको छ । २०६९ साल फाल्गुन बाट सशुल्क सुरु सुरक्षित गर्भ पतन सेवा लाई स्वास्थ्य संस्थाले आ.ब. ०७४/०७५ बाट नि: शुल्क सुरु भएको हो । नचाहाँदा नचाहँदै गर्भ रहन गएका महिलाहरुका लागि समेत गर्भपतन सेवा सुरक्षित मानिएको स्वास्थ्य चौकी प्रमुख संजिब कुमरले बताए । गर्भपतन सेवा नौं हप्ता सम्मको गर्भपतन गराउने गरको छ । मात्रृ  मृत्युका कारणहरु मध्ये मुख्य एक कारण असुरक्षित गर्भपतन भएकाले मात्रृ मृत्युदरमा कमी ल्याउन सुरक्षित गर्भपतन  सेवा उपयोगी मानिन्छ ।