धरान । विप्लप समुहले बन्दकाे अाह्वान गरेसँगै देशका विभिन्न भागमा त्यसकाे असर परेकाे छ । काठमाडाै चन्द्रागिरी नगरपालिकास्थित सतुंगल स्थित सिप्रदी ट्रेडिङमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु बम भएको अनुमान प्रहरीले गरे पनि त्यसबारे खुलेको छैन । प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ । मंगलबार विप्लप समुहले बन्दकाे अाह्वान गरेसँगै भक्तपुरकाे सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका थिए । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा पुगेर बम निष्क्रिय पारेको छ । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । रौतहटकाे चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हाे । प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ । पछिल्लाे समय धरानमा बन्दकाे प्रभाव कम पर्ने गरेकाे भएपनि अाज मंगलबार बन्दकाे प्रभाव परेकाे देखिन्छ । पेट्राेल पम्प, कलेज, विद्यालय बन्द छन् भने सडक पनि खाली छ । बसपार्क खाली छ । लामाे तथा छाेटाे दुरीका सार्वजनिक सवारी चलेका छैनन् । इलाका प्रहरी कायार्लय धरानका डिएसपी सुमन तिम्सिनाले धरान अहिलसम्म शान्तिपूर्ण रहेकाे जानकारी दिएका छन् ।