काठमाडौं/ प्रदेश नं. १ को राजधानी मोरंङ्ग जिल्लाको सदरमुकाम विराटनगर महानगरपालिकाको कार्यालयमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूहले बम विस्फोट गराएको दाबी गरिएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष गोइतले एक विज्ञप्ति गारी गरी आफूहरुले महानगर कार्यालयमा प्रेशर कुकर बम बिस्फोट गराएको दाबी गरेका छन् । ‘हामी दुई जिल्ला सप्तरी, सिरहामा मात्र सीमित छैनौं भन्ने प्रेशर कुकर बम विष्फोट गराएका छौं’, गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् । वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी महागनरपालिकाको भवन र फर्निचर क्षति पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेको छ । विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ ।

उनी मुटुको रोगी भएको बताइएको छ ।