पथरीशनिश्चरे/१ नम्बर प्रदेशमै उत्कृष्ठ सहकारीमा पर्ने झापाको दमकस्थित मेची सहकारी संस्थाले पछिल्लो वर्ष १ अरब १७ करोड ८७ लाख ९७ हजार ७ सय २७ रुपिया वासलत र ३ करोड बढी खुद मुनाफा कमाएको छ । संस्थाको भाद्र १२ गते २२ औ वार्षिकोत्सव तथा २४ औ साधारणसभाका सन्दर्भमा जानकारी गराउन प्रकाशन तथा सञ्चार उप समितिद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाको पछिल्लो आयव्ययको जानकारी गराइएको हो । संस्थाले आर्थिक वर्ष ०७४/७५ मा १ अरब १७ करोड ८७ लाख ९७ हजार ७ सय २७ रुपैया वासलत रहेको विवरण प्रस्तुत गरेको छ । सो वासलात अघिल्लो वर्षको तुलनामा ३०.९८ प्रतिशतले बढि रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जनाए ।

संस्थाको आर्थिक प्रतिवेदनमा, ३ करोड ८ लाख ३५ हजार खुद आय भएको उल्लेख छ । गत वर्षको भन्दा ३९.२३ प्रतिशतले खुद आम्दामी बृद्धि भएको जनाइएको छ । संस्थाले आयकर, व्याज कर, लाभांस कर, पारिश्रमिक कर र साधारणसभा बैठक कर समेत गरी १ करोड ८ लाख त कर बुझाएको छ । ४ वर्षभित्रमा मेची सहकारी संस्था अत्याधुनिक भवनमा सर्ने, सहकारी आवास योजना लगायतका नयाँ कार्यक्रमहरु ल्याउने समेत अध्यक्ष भट्टराइले सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्ष ०७५/७६ का लागि १८ करोड ९९ लाख ५६ हजार रुपैयाँ बराबरको संस्थाको अनुमानित आयव्यय प्रस्तुत समेत गरिएको छ ।

सो सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. गणेशबहादुर बस्नेतको स्मृतिमा स्थापित उत्कृष्ठ पत्रकारिता पुरस्कारबाट यसवर्ष दमकका पत्रकार विष्णु सुब्बा पुरस्कृत हुनु हुने भएको पनि जानकारी गराइएको छ । भदौ १२ गतेको वार्षिकोत्सव तथा साधारणसभामा पुरस्कार प्रदान हुने भएको हो । संस्थाले सोहि दिननै उत्कृष्ठ सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ काठमाण्डौंका अध्यक्ष केशवप्रसाद बडाललाई प्रदान गरिने निर्णय भएको पनि जानकारी गराइएको छ ।