धरान । आगामी भदौ १ गतेदेखि लागु हुने नयाँ मुलुकी अपराध संहिताले जुवा खेल्ने र बाजी थाप्नेहरूमाथी कडा सजायकाे व्यवस्था ल्याउन लागेकाे छ ।

नयाँ मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेले र खेलाए ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना दोस्रो पटकदेखि जुवा खेले र खेलाए एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेले र खेलाए तीन वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्नकाे लागी कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ । जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको छ ।पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनासम्म कैद र तेस्रो पटक पनि खेलेमा एक वर्षसम्म कैदको व्यवस्था जुवा ऐनमा गरिएको थियाे ।

बाजी राख्नेलाई १ वर्षसम्म कैद

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि काुनन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

बहुविवाह गरे ५ वर्ष कैद, २० वर्ष नपुगी बिहे गरे ३ वर्ष

शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, हाडनाता विवाहमा आदिवासीप्रति लचिलो