धरान/ताप्लेजुङको सिरिजंघा गाउँपालिका–८ युम्फुदिनका सुरेन्द्र राईको छोरा साजन राईको चार वर्ष अघि करेण्ट लागेर मृत्यु भयो । सडकमा झरेको बिद्युतलाइनको तारबाट कण्रेण्ट लाग्दा १३ वर्षिय छोरो गुमाएका सुरेन्द्रले अहिलेसम्मत्यसको क्षतिपुर्ति पाएका छैनन् ।

सुनसरीको साविक हाँसपोसा–२ स्थित सेउतिखोला छेउमा खानेपानी ट्याङ्कीको लागिको विस्तार गरिएको ११ के.भि लाइनको पोलबाट चुट्टिएको तारबाट २०७१ बैसाख ३१ गते दिउँसो करेण्ट लाग्दा साजन गम्भिर घाइते भएका थिए । त्यस पछि उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा लगिएपनि उपचार सफल हुन सकेन ।

विद्युत् प्रधिकरण र खानेपानी कार्यालयको लापरवाहिका कारण छोराको मृत्यु भएपनि लामो समय सम्म क्षतिपुर्ति नपाएको सुरेन्द्रले बताए । ‘प्राधिकरणले छोराको मृत्यु भएलगत्तै तत्काल क्षतिपुर्ति र किरिया खर्च उपलब्ध गराउने कागज बनाएर सहि गराएको थियो,’ सुरेन्द्रले भने,‘अनिमात्र शवबुझेर दाहसंस्कार गरेको हु ।

’त्यसपछि भने प्राधिकरण कार्यालय जाँदा खानेपानी, खानेपानी जाँदा प्राधिकरण भनेर झन्झट दिएको उनको भनाई छ । पटक–पटक धाउँदा नभएपछि मृतक साजन का फुपाजु धरान निवासी जिवन राईले २०७१ साउन २९ गते प्राधिकरण वितरण केन्द्र धरानमा क्षतिपुर्ति दिलाई पाउँ भनि निवेदन दिए ।

भदौ ४ गते विद्युत् प्राधिकरण धरानवितरण केन्द्रले साजनको मृत्यु विद्युतिय दुर्घटनाकै कारणले भएको पुष्टि गर्दै क्षतिपुर्ति प्रदानगर्न खानेपानी संस्थान धरानकार्यालयलाई पत्र काटेको थियो ।विद्युतिय दुर्घटना क्षतिपुर्ति नियमावली २०६७को अनुसूची ३ माकसैको विद्युतिय दुर्घटनाबाट मृत्यु भएमा पाँचलाख क्षतिपुर्ति दिनुपर्ने प्रावधान छ ।