धरान । प्रहरीले दुई वटा हुक्का बारमा छापा मार्दा २७३ किशोर किशोरी पक्राउ परेका छन्।

प्रहरीले बुटवलकाे मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेर  १५४ किशोरी र १०९ जना किशोर  पक्राउ गरेकाे हाे । क्याफेमा बसेर हुक्का, रक्सी र चुराेट सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

दुबै कयाफेमा भेटिएकाहरु १२-१३ वर्षका स्कुल पढ्नेदेखि १७-१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् । उनीहरूलार्इ केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ ।

प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ र्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।