इन्डोनेसिया । एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण  इन्डोनेसियाको लोम्बोक द्वीपमा ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।

भूकम्पको बढी प्रभावित क्षेत्रमा  उद्धारकर्ता प्रवेश गरेलगतै यो सङ्ख्या बढेर ३८७ पुगेको सरकारी अधिकारी जानकारी दिएका छन्। भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र दुई लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायले जनाएकाे छ ।

इन्डोनेसियामा यसै क्षेत्रमा ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक हप्तापछि नै ६.९ म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गरिरहेका छन् । पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् ।