पानवारी । जनसरोकार मञ्च नेपालले धरानको सर्दुजलाधार र धरान बचाउँ अभियान सुरु गर्ने भएको छ ।

शुक्रबार धरानको छाताचोकमा रहेको मञ्चको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अभियान बारे जानकारी गराइएको थियो । बिभिन्न वहानामा धरानलाई नै नष्ट गर्ने गरी भूमाफियाहरुले चलखेल गरिरहेको भन्दै मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेले धरान बचाउ अभियान सुरु गरेको बताए । सर्दु जलाधार क्षेत्रमा विभिन्न निर्माण कार्य तिब्र रुपमा भइरहेको र त्यसलाई बेलैमा नरोके एकदिन धरान मरुभूमिमा परिणत हुने मञ्चका अध्यक्ष पलिखेले बताए ।

जलाधार क्षेत्रका बासीन्दाले जम्मा ३९.३५ बर्ग किलोमिटर क्षेत्रफल जग्गाको सट्टा भर्ना पाइसकेकाहरुले भूमाफियाको आडमा पुनः सोही क्षेत्रमा गएर बसेको आरोप समेत पलिखेले लगाएका छन् । मञ्चले यस अघि सर्दु जलाधार बचाउन भन्दै स्थानीय सरकारदेखि प्रधामन्त्रीलाई समेत ध्यानाकर्षण पत्र दिइसकेको छ । अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन गरी सर्दु जलाधार क्षेत्रको विषयमा टुंगो लगाउन समेत मञ्चले माग गरेको छ ।