धरान/धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छाताचौकमा रहेको आफ्नो पुरानो भवनमा पनि उपचार सेवा सुरु गर्ने तयारी गरेको छ।

विरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचौकमा रहेको करिव १ विघा १४ कठ्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तारको तयारी शुरु गरेको प्रतिष्ठानले जनाएको छ । अस्पताललाई सञ्चालनमा ल्याउन प्रतिष्ठानले धरान उपमहानगरपालिकासँगपनि समन्वय थालेको छ ।

प्रतिष्ठानमा विरामीको चाप बृद्धी भएपछि प्रतिष्ठानको सेवा विकेन्द्रीकृत गरेर उपलब्ध गराउन छाताचौकमापनि सेवा विस्तार गर्ने योजना बनको प्रतिष्ठानका प्रबक्ता प्राडा पशुपती चौधरीले बताए । चौधरीले प्रतिष्ठानले उपलब्ध गराउने सबै सेवा जनतामाझमा सहज ढङगले पुगोस् भन्ने उदेश्यले सेवा विस्तार गर्न लागिएको बताए ।

सेवा सुरू गर्न अावश्यक पुर्वाधारकाे तयारी समेत प्रतिष्ठानले सुरू गरेकाे प्रतिष्ठानकाे सूचना शाखा प्रमुख सुजेन्द्र तामाङले बताए ।