धरान । यमनमा पिकनिकबाट बिद्यालयतर्फ फर्कदै गरेका बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको  अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् तर हुथी विद्रोहीले सञ्चालन गरेकाे स्वास्थ्य मन्त्रालयले भने ४३ को ज्यान गएको र ६१ जना घाइते भएकाे जनाएको छ । साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ । घटनामा कसको हात रहेको र कति क्षति भएकाे भन्ने बारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

गत बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।

गठबन्धनले ती आक्रमणमा भने आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ ।