इटहरी । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीहरुले भकाभक जागिर छोड्न थालेका छन । पेन्सन हटाउने सरकारको निर्णय र कतिपय प्रहरी हाकिमका कारण पनि नेपाल प्रहरीमा जागिर छोड्ने प्रहरीको संख्या बढेको हो । विभिन्न कारण देखाउँदै प्रहरीहरुले धमाधम राजिनामा दिन थाले पछि प्रदेश प्रहरी कार्यलय विराटनगरमा हल्लीखल्ली मच्चिएको छ ।

तल्लो तहका प्रहरीलाई गर्ने रुखो ब्यवहारले पनि प्रहरीमा जागिर छोड्न थालेको प्रहरीहरु बताउँछन । हातै हाल्ने, कुटपिट गर्ने, सजाय दिने र बिभागिय कारबार्ही गर्ने प्रबृतिले अझ बढी प्रहरी जागिर छोड्न थालेको भर्खरै जागिरबाट राजिनामा दिएका एक प्रहरीले फोन सम्पर्कमा भने । हाकिमको मोड अनुसार काम गर्ने सकिदैन केहि हाकिमले साह्ै दुःख दिन्छन उनले भने ।

गत १२ गते शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधकृतले इटहरी चौकमा डिउटीमा रहेका हबल्दार हरि बहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोषाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बिच सडकमा झापड हाने पछि बस्नेतले प्रहरी हल्दारबाट राजिनामा दिए ।

कतिपय घटनामा गल्ती नगर्दा पनि ग्रेड रोक्का, नहिसद र संगठनबाट कारबार्ही वा निस्काशित गर्ने प्रबृतिले पनि जागिर छोड्ने क्रम बढेको छ एक प्रहरी अधिकारीले बताए ।

प्रदेश प्रहरी कार्यलय विराटनगरका एसपी आभुषण तिम्सिनाले गत फागुन यता मात्र १ सय ९८ जनाले जागिर छाडेको बताए । फागुन महिना यता जागिर छोड्ने क्रम बढेको उनी बताउँछन । सेवा सुविधा तथा विभिन्न बहानमा जागिर छोड्ने क्रम बढ्दै गएको उनको भनाइृ थियो । पेन्सन पाईदैन भन्ने हल्लाले जागिर छोड्नेको संख्या बढेको भन्दै एसपी तिम्सिनाले भने जागिर छोड्न थाले पछि अहिले प्रहरी कार्यलयहरुमा प्रहरीहरुलाई सम्झाउँन थालिएको बताए ।

तल्लो स्तरका कर्मचारीहरुलाई कामको लोड भएको कारण पेन्सन पाए पछि जागिर छोडेका हुन सक्ने सुनसरीका प्रमुख प्रमुख एसपी राजन अधिकारीले भने । क्रिया बिदा बाहेक प्रहरीलाई बिदा छोड्न सक्ने अवस्था छैन उनी भन्छन् । जनसंख्याको चाप अनुसार प्रहरीको संख्या थोरै हदै गए पछि उनीहरुले मागेको विदा नपाउँने ,घर जान नपाउँने कारणले पनि राजिनामा दिएको हुन सक्छ एसपी अधिकारी भनाई छ ।

१५ दिन अगाडी असईबाट जागिर छोडेका उनले भने आफु जागिर छोडेर ब्यवसाय गर्ने तरखरमा रहेको जनाए । जुनै पनि पदको माथिल्लो अफिसरले गर्ने व्यवहार फरक हुन्छ उनले भने । उनी भन्छन् नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का जुनियरको लागी आम कुरा भइसकेको छ भन्दै संगठन भित्र बिरोध गर्दा कार्वार्हीमा परिन्छ । उनीहरु जस्तै प्रदेश एकमा उल्लेखनिय मात्रामा जागिर छोड्ने संख्या बढेको प्रदेश एकका एक प्रहरी अधिकृतले नाम नबताउँने सर्तमा भने ।

प्रहरी संगठन भित्र जागिर छाड्नेको संख्या दिनानु दिन बढ्दो अबस्थामा छ । यसले संगठनको बदनामी हुने डर पनि बडाएको छ । तर प्रदेश एकमा ३ सय बढीले अहिलेसम्म जागिरबाट राजिनामा दिइसकेका छन् । प्रहरी संगठन भन्दा पनि बाहिरी कारणले जागिर छाड्ने क्रम बढेको डिआईजी रिजाल बताउँछन ।

राजिनामा स्वृकित नगर्ने हेडक्वाटरको निर्देशन देशभर प्रहरीका तल्लो तहका प्रहरीले जागिरबाट राजिनामा दिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) ले तत्काल राजिनामा स्वृकित नगर्ने ७ वटा प्रदेश प्रहरी कार्यालय मार्फत सबै मातहतका प्रहरी कार्यालय परिपत्र गरिएको छ । २० गते हेडक्वाटरबाट गरिएको परिपत्रमा कुनै पनि बहानामा जागिर छाड्नेको राजिनामा स्वृकित नगर्ने साउन २१ गते परिपत्र गरीएको छ । एक नंम्बर प्रदेश प्रहरीबाट जागिर छाड्नेको संख्या बढी छ ।

प्रहरीको जागिर अबधी, सेबा सुबिधा र पेन्सनको बिषयमा पनि आन्यौलता बढेको बेला हेडक्वाटरले सबै बिषयमा समाधान नहुन्जेलसम्म जागिर छाड्न नपाइने परिपत्र गरिएको डिएआईजी रिजालले बताए । प्रहरीको नयाँ नियम भदौबाट आउने भएपछि पाउदै आएको सेवा सुबिधा कटौती हुने हल्लाको पछि लाग्नेहरुले पनि जागिर छाड्ने गरेको रिजालको भनाई छ । हामी माथिल्लो निर्देशन अनुसार अहिले राजिनामा स्वृकित गर्देनौ उनले थपे ।