विराटनगर/ प्रदेश नं. १ मा आज (बिहीबार) सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले विश्व आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको हो ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएको हो । मन्त्रालयले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लेखित बिदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर नेपाल, चैत्र २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १ ( अ) मा प्रकाशित भएको समेत जानकारी दिएको छ । सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते आइतबार रक्षाबन्धन( जनैपूर्णिमा), भदौ १८ गते सोमबार राधाकृष्ण रथयात्रामा (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मङ्गलबार छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी दिएको छ ।