काठमाडौं/ महानगरीय प्रहरीपरिसर काठमाडौंले नेकपाका केन्द्रीय प्रवक्ता एवम् पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित तीनजनालाई पक्राउ गरेको छ ।

[caption id="attachment_90204" align="aligncenter" width="840"] फायलफाेटाे[/caption]

  परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको वा. १४ प २७२९ नम्बरको सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रूपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडांैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले बताए ।