धरान/आज विश्व आदिबासी दिवस ।विश्वभरि बिभिन्न कार्यक्रमगरि यो कार्यक्रमलाई मनाईदै छ । नेपालमा पनि विश्व आदिबासी दिवसको अवसरमा बिभिन्न संस्थाहरुले कार्यक्रमहरु आयोजना गरेका छन् ।

१ नम्बर प्रदेश सरकारले आज विश्व आदिबासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । आदिवासी दिवसकै अवसर पारेर आदिवासी हरुको बसोबार रहेको पुर्वको धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले सन्देश जारी गरि विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिएकी छिन् ।

शुभकामना सन्देशमा उनले ‘ नेपालको संबिधानलेपनि विविधतायुक्त नेपाली समाजको संरचनालाई प्रत्याभुति गर्दैै प्रत्येक जनजातीका भाषा,भेषभुष संस्कार र संस्कृतीलाई राष्ट्रिय संस्कृतीको मान्यता प्रदान गर्नु आफैमा ऐतिहासिक कदम भएको र धरान उपमहानगरपालिकाले पनि आदिवासी जनजाती समुदायको धर्म,संस्कार र संकृतीको पहिचान संम्रक्षण प्रबर्धन र विकास गर्ने निती अवलम्वन गरेको छ र सोही अनुसारका कार्यक्रमहरु समेत निरन्तर सञ्चारलन गर्दै जाने उल्लेख गरेकी छिन् ।