उर्लाबारी । उर्लाबारी नगरपालिकाले सेवाग्राहीहरूको बैङ्क खाता अनलाइन प्रणालीमा राखेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिने करिब ६ हजार सेवाग्राहीको बैङ्क खाता अनलाइन प्रणालीमा राखेको हो । जेष्ठ नागरिक २ हजार ३ सय ५०, जेष्ठ दलित ३ सय २०, एकल महिला ६ सय ९६, विधवा १ हजार १ सय ४१, पूर्ण अपाङ्गता १ सय ५२, अति अशक्त अपाङ्गता १ सय ५६, बालबालिका ३ सय ६७, जेष्ठ नागरिक औषधोपचार गर्ने २ हजार ७ सय ९१ जनाको बैङ्क खाता अनलाइन प्रणालीमा राखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले कंन्नकाई विकास बैङ्क, मितेरी विकास बैङ्क, एनएमबी बैङ्क, एनआईसी एशिया बैङ्क, सप्तकोशी विकास बैङ्क र कुमारी बैङ्कमा सेवा ग्राहीको खाता संचालन गरेको छ ।