चीन । उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ ।

प्योङयाङ र सेनयाङबीच उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ ।  हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ । संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको हुनसक्ने स्राेतले बताउछ ।रासस