एजेन्सी/नयाँ फिल्म ब्रम्हास्त्रको सुटिङमा अमेरिकाबाट बुल्गेरिया पुगेकी यी अभिनेत्रीले त्यहाँका सञ्चारमाध्यमसँग गरेको कुराकानीमा यस्तो खण्डन गरेकी हुन् । बलिउड अभिनेत्री आलिया भट्टको ३० वर्ष नाघेपछि विवाह हुने पारिवारिक भनाइको यी अभिनेत्री स्वयंले खण्डन गरेकी छिन् ।  

कतिपय अभिनेत्रीले विवाहपछि फिल्म छाडेका छन् तर अभिनेत्री आलियाले विवाहपछि पनि आफूले फिल्मलाई निरन्तरता दिने बताएकी छन् । विवाहपछि आलियाले फिल्म छाड्ने चिन्ता आफन्तदेखि शुभचिन्तकलाई भएको जिकिर गर्दै यी अभिनेत्रीले त्यस्तो चिन्ता नलिन अनुरोध गरेकी छन् । आफ्नो विवाह हुन अझै केही समय लाग्ने र विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले प्रस्ट्याएकी छन् ।