बालकलार्इ अपहरण गरी हत्या गर्ने दुर्इ अपहरणकारी प्रहरी इन्काउण्टरमा मारीए

alt
  • श्रावण २१, २०७५
  • ४७ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । प्रहरी इन्काउण्टरमा दुर्इ अपहरणकारी मारिएका छन् । भक्तपुरकाे डाेलेश्वर जंगलमा अपहरणकारी र प्रहरीबीच भएकाे भिडन्तमा दुर्इ अपहरणकारी मारिएकाे महानगरीय अायुक्तकाे कार्यालयका प्रमुख  डिअार्इजी मनाेज न्याैपानेले बताएका छन् ।

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा अपहरणकारी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

अपहरणकारीले अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या गरेका छन् बालककाे शव ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा प्रहरीले भेटेकाे थियाे । बालककाे शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरेका छन् ।

उनले बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार मात्रै भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क

फापर हेर्ने हेलीकप्ट

मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचन

भीमफेदी गाइजको तामाङ

धरान/ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved