धरान/ धरान राउण्ड टेबलले नेपाल राउण्ड टेबलको १९ औं स्थापना दिवसको अवसरमा आइतबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७ को प्राङ्गणमा ५०० वटा विरुवा वृक्षारोपण गरेकाे छ ।

धरान राउण्ड टेबलका अध्यक्ष विवेक अटलको सभापतित्वमा सम्पन्न गरेकाे कार्यक्रममा टेबलका भु.पु अध्यक्ष चन्द्र अग्रवाल, उपाध्यक्ष लक्ष्मीकान्त वियानी, कोषाध्यक्ष कृष्ण अटल, सदस्यहरु र विद्यालयका शिक्षक, अभिभावकहरु र विद्यार्थीहरु सबै मिलेर साल, टिक, मलेसिया साल, अर्जुन, मसला र आकशिया गरी ५०० वटा विरुवाहरु रोपेका छन् ।

राेपेका सो विरुवा रेखदेखका एक वर्षका लागि धरान राउण्ड टेबलले एक मालीको पनि व्यवस्था गरेको छ ।