बेलबारी । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको विकास हुन नस्कदा निजी विद्यालयहरु स्पेस लिएको बताएका छन् ।

नेपाल अंग्रेजी भाषा शिक्षकहरुको साझा संगठन नेल्टा मोरङको आयोजनामा भएको १ नम्बर प्रदेश स्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । मोरङको सुन्दरहरैंचा स्थित हातेमालो सहकारीको सभाकक्षमा भएको सम्मेलनमा मन्त्री घिमिरेले सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको विकास गर्नु जरुरी छ । त्यसको साथसाथै निजी विद्यालयमा भएको अंग्रेजी अनिवार्यले नेपाली भाषा लोप हुन सक्ने विषयमा पनि सबैले सोच्नु पर्ने बताए ।

कार्यक्रममा नेल्टाका पूर्वअध्यक्ष हेमन्तराज दाहाल, अध्यक्ष मोतीकला सुब्बादेवान र गुणराज नेपालले अंग्रेजी भाषाको अवस्था, यसको विकासका चरण र पेशागत विकासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि नेल्टाका जिल्ला तथा केन्द्रिय प्रतिनिधिहरुले टिप्पणी गरेका थिए । कार्यक्रमकै अवशरमा अंग्रेजी भाषामा लामो समय देखि शिक्षण गरि योगदान पुर्याउने नेल्टाका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

सम्माननित हुनेहरुमा डा.मोहन तुम्वाहाङ, अमृत आचार्य, गुरुप्रसाद अधिकारी, हेमप्रसाद तिम्सिना, केशवप्रसाद भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नेल्टाको प्रदेशस्तरीय सभालाई आफ्नै नगरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै सामुदायिक विद्यालयमा अंग्रेजी भाषालाई विकास गर्न सम्मेलनले महत्त्वपूर्ण नीति तयार पार्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

साथै सम्मेलनले नरप्रसाद भणडारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेशस्तरीय समितिको पनि चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले नेल्टाको प्रदेसस्तरीय समितिलाई नेल्टाको भावना र मर्म अनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सबै विषय अंग्रेजी भाषा प्रस्तुत् गरिएको थियो । कार्यक्रम प्रदेश सांसद राजकुमार ओझा, सुकुना क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई विशिष्ट अतिथि रहेका थिए । कार्यक्रम शंकर देवानले संचालन गरेका थिए ।