नाम: देबका उमेर: ५ वर्ष ठेगाना: मन्दिर जन्मस्थान:थाहा छैन ! बिकृती र कुरिती को जालमा माछा झै उनिएकी म, सानै उमेरमा मन्दिरमा चढेकि कति दिन त भोकभोकै सुतेकी त्यो मन्दिरको पीढिमा त ! कति दिन रहरका डोरी चुडिएर बाध्यताले डोर्याएर पाहुनाहरुको ओछ्यान तताएकी । किनकी बुबाले मलाइ सानै उमेरमा देबिको नाउमा चढाउनु भएको थियो । मलाइ पनि त रहर कहाँ हुदो हो आफ्नो योनाङ्ग सुम्पिन , न स्कूल न अभिभावकको माया न ज्ञान न शिक्षा मलाइ थाहा थियो मैले योनाङ्ग सुम्पिनु हुदैन नै भन्ने , तर तर भन्दिने ले भनिदिए कि 'तलार्इ बिबाह गर्न कसैले मन्जुरी दिदैनन् त्यस् बाहेक तेरो अरु कुनै विकल्प छैन' बुबालाइ पनि त आफ्नो मनोकाङ्छ्या पूरा गर्नु थियो , त्यस माथी म त घरकी माइली छोरी ,, मैले त जानै पर्दथ्यो त्यो मन्दिरको ओढारमा जहाँ म बन्देज गरिएर राखिन्छु जेलमा कैदिलाइ थुने झै गरि , म हरेक दिन यो गुफामा बसेर सम्झन्छु तल्लाघरे शोभा दिदीका बुबाआमालार्इ उहाँहरुले शिक्षा पाएरै होला शोभा दिदीलाई थुनिएको थिएन मलाइ जस्तै गरि त्यो मन्दिरको गुफामा, र सोच्छु फेरि अर्कै प्रश्न जस्को उत्तर बुबालाई माग्न मन छ  बुबा !  किन तपाईं अझैपनि यहि पापी समाजको अगाडि बिकृती र कुरितिको बारेमा तीखो बाड जस्तै बोली बहक्न सक्नु हुन्न ? त्यस बेला देखि यस बेला सम्म म देउकी हुदा तपाइको कुन मनोकाङ्छ्या चाहिँ पूरा भयो ?  अनि फेरि अर्को प्रश्न यदि आमालाइ पनि देउकी बनाइएको भए के तपाईं बिबाह गर्नु हुन्थ्यो त मेरि आमासँग ?  -झापा,दमक