धनकुटा । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यो वर्ष पनि तीन स्रष्टालाई बिभिन्न विधामा पुरस्कार प्रदान गर्ने भएको छ ।

भाष्कर लामिछाने लोक संस्कृति पुरस्कार धनकुटाका मुर्तिकार श्रीकृष्ण जोशी, गंगाराम भद्रशिला स्मृति विराटनगरका देवी पन्थी र गर्गश्री सम्मान धनकुटाका दामोदर दाहाललाई प्रदान गरिने पुस्तकालका अध्यक्ष तथा संस्थापक टिकाप्रसाद लामिछानेले जानकारी दिए । ति पुरस्कार जनहि ५ हजार ५ सय ५५ नगद र सम्मानपत्र प्रदान गरिने छ ।

पुस्तकालयको विशेष बैठकले भास्कर लामिछाने लोक संस्कृति, गंगाराम भद्रशीला स्मृति, धनमाया लामिछाने स्मृति, दुल्लभ लामिछाने स्मृति, गर्गश्री सम्मान, मधुश्री विशिष्ट साहित्य पुरस्कार तथा स्वर्ण प्रभा पत्रकारिता पुरस्कार स्थापना गर्ने जनाएको छ । पुस्तकालयले साहित्य कला संस्कृति कोष अन्तर्गत १० लाखको अक्षय कोष स्थापना गरेको छ । यस्तै पुस्तकालयले प्रदान गर्ने गंगाराम धर्मशिला स्मृति पुरस्कारका लागि कुरुलेतेनुपाका पुण्यप्रभा लामिछानेले एक लाख ५० हजारको अक्षय कोष स्थापना गरेकी छिन् । कोषबाट प्रदान गरिने ७ पुरस्कार मध्ये गर्गश्री सम्मान प्रत्येक वर्ष प्रदान गरिने छ । अन्य पुरस्कार प्रत्येक दुई वर्षमा वितरण गरिने जनाईएको छ ।