[caption id="attachment_76486" align="aligncenter" width="700"] फायलफाेटाे[/caption]

रंगेली/श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालबाट कामदार पठाउदा हुने ठगी रोक्न केही समयका लागि मेलेशिया रोजगारीमा पठाउन रोक लगाएको बताएका छन् । मलेशिया सरकार गंभीर भएकोले अब दुई देशबीच सहमती कायम गरी नेपाली श्रमिकको रोजागारी शुनिश्चित गर्ने बताए । मन्त्री बिष्टले बैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लागे पनि रोजगारी सुनिश्चित हुने बताए ।  उनले हरेक नेपालीलाई शिक्षा, रोजगार,स्वास्थ्य आवास जस्ता जनताको मौलिक अधिकारलाई सरकार कानून निर्माण गरी प्रत्याभुत गर्ने धारणा व्यक्त गरे ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवाहरुका कामका लागि जाने गरेको बताउदै यो क्षेत्रमा सुधार गरी व्यवस्थित, सुरक्षित र श्रमिकको हक अधिकार कायम राख्न सरकार प्रतिवद्ध रहेकोमा जोड दिए । सार्क राष्ट्रमा श्रम संझौता नभएपनि दुई पक्षवीच आपसी समझदारीमा नेपालीहरु कामका लागि जाने गरेको जानकारी दिए । वर्तमान सरकार नेपालीलाई नेपालमा रोजगार उपलब्ध गराउन कटिवद्ध रहेको छ, भन्दै यसका लागि प्रधानमन्त्री रोजगार योजनाको अवधारणा ल्याइएको जानकारी दिए ।